साउन १५ बुधबार २०७६
काठमाण्डौ — साउन १५ खिर खाने दिन भन्नेपनि बिर्सिएछु मैले ,जब फेसबुक खोले फेसबुक वाल र म्यासेन्जरमा खिर को फोटाले भरिएछ । त्यसपछि गाउंमा घर नजिकै लैनो भैसि हुने काकीलाई फोन गरेर काकी खिर पाक्यो ? भनेर सोधे काकीले भन्नुभो “अनित नानी आज खिर खाने दिन होरे भनेर भाईले सुनाउदैथियो ,दुध त टन्नै छनि खै कतिखेर पकाएर खाएर भैसिलाई घासपात गर्नु ? पकाइन नानी”
साउन १५ खिर खाने दिनको चलन पुरान्ै भएपनि यो बेला गाउंघरमा लैनो भैसि पाल्नेहरुलाई खिर खान भ्याएका छैनन् किनकी त्यही लैनो भैसिलाई भोकाउला, भरे दुध नदेलाकी भन्दै घांस काट्नमा ब्यस्त छन ,ति बा,आमा, दाजु दिदी,काका ,काकीहरु ,त्यसैमाथी साउनको झरी गाउंघरको काम न हो आलु निकाल्ने,कत्तिको कोदो गोढ्ने,कत्तिको पर्म तिर्नुजानुपर्ने ,अनित घरमा बिचरा कसले पकाईदिन्छ खिर ?
सामान्य भात तिहुन पकाएर खाएर ,घरको काम काम गर्दागर्दै सधैको जस्तो ब्यस्त भएरै बित्छ साउन १५ गते पनि अनि कति बेला पकाउन फुर्सद हुन्छ ? उनीहरुलाई खिर पकाएर खान ?
सबैले आफ्नो घरमा भएका बुवा आमा लाई सम्झौन,बिचरा त्यही गाई लाई घासं सोतर गरेर नै बित्छ साउन १५ गते खिर खाने दिन पनि, अनि भरे रेडियोमा समाचार आउछ आज साउन १५ अर्थात खिर खाने दिन धुमधामले मनाएका छन,भनेर अनि मात्रै भन्नुहुन्छ आज त खिर खाने दिन पो रैछत बुढि ? आमाले भन्नुहन्छ “हामीलाई के थाहा र ? त्यै गाईबस्तुलाई घास पात गर्दैमा दिन जान्छ”
तर त्यही साउन १५ लाई शहरमा छरपस्ट पारी सबैले सबैलाई खिर देखाएका छन । सामाजिक सञ्जाल भरि, जहां दुध त राम्रो होकि होइन भन्ने लाग्छ ,लैनो भैसि देख्नत परै जाओस ।
हनुत देखाउनु नराम्रो पक्कै होईन सामाजिक सञ्जाल भनेकै केही आफ्ना बिचारहरु राख्न पाउने ठांउ हो । हुनत शहर बजार उसै तडक भडक देखाउने ठाउं हो ।अरुले जे गर्छन त्यही गर्ने देखाउनकै लागि भएनी गर्नै पर्नी,,,,
शहरम पनि सबै एउटै बर्गका मानिस बस्छन भन्ने छैन,मैले बाटोमा आखां नदेख्ने आमा लाई ३ जना छोरीहरु हातमा समाउदै ल्याएको देखें मेरो नजिक आएर सानी बहिनीले सोधिन की दिदी दुध पाउने पसल काहां छ ? अलि पर जानुपर्छ मैले भने आखां नदेख्ने आमाले भन्नुभो “आफु आखा देख्दिन नानीहरु आज खिर खाने दिन रैछ खिर पकाएर दिनुस भन्छन,पैसा नभाको बेला ”अनि ति सानी छोरी भन्छिन् हो त अनि हिजो स्कुलमा पनि भन्नुभाको अनि अघि फेसबुकमा पनि देख्या
हो यस्ता न्युन बर्गका पनि छन। पैसा छैन तर पनि छोराछोरीको इच्छा कसरी मार्नु ?
त्यसैले चार्डपर्बलाई सामान्य तरीकाले आफेनो जे छ त्यही लाई लिनेपो होकी ?
फेरी साउन १५ मा मात्रै खिर ?
बनाएर जहिले खाएनी हुन्छ ।