साउन ३ शुक्रबार २०७६
काठमाण्डौ — साउन महिना शुरु भएसँगै चुरा पसल र मेहेन्दी भर्ने ठाउँहरुमा महिलाहरुको भीड लागेको छ ।
यो महिना शुरु भएसँगै हिन्दू नारीहरुले हरियो चुरा, हरियो कपडा लगाउने गर्छन् । यसको धार्मिक महत्व पनि छ । श्रावणमा हरियो चुरा र कपडा लगाउनाले भाग्य प्रभावित हुने विश्वास गरिन्छ ।
साउन महिना मा महिलाहरु कै लागि बिशेष भएकाले हरियो चुरा को ब्यापार निकै हुने गर्छ । यो बेला हरियो चुराले हरेक कस्मेटिक पसलहरु रंगिबिरंगी छन । जतातै हरियो र पहेलो चुराले बजार झकिझकाउ भएको देख्न सकिन्छ ।
ब्यापारीहरु अरु बेला भन्दा ब्यस्त उस्तै, साउन महिना, चुरा बेच्न मै ब्यस्त रहेको काठमाण्डौ चाबहिल मा चुरा ब्यापारी सपना खतिवडा बताउछिन् । यो महिना सुरुवात देखिनै हरियो चुराको ब्यापारले अरु ब्यापार भन्दा दोब्बर फाईदा हुने पनि, उनको भनाई छ । त्यस्तै हरियो चुरा लगाईदिनमै ब्यस्त रहेकी अर्को ब्यापारी मन्दिरा कार्की पनि साउन महिना भरी आफु पसल बाट कतै निस्कन नपाउने बताउछिन्। उनको हरियो चुराको ब्यापार दिनमा झन्डै१५ हजार सम्मको हुने गरेको उनले बताईन् ।
हातमा मेहन्दी भर्न महिलाको भिड
चाबहिल गणेशस्थान स्थित हातमा मेहन्दी भरिदिने र मेहन्दी भर्नेहरुको यो बेला ठुलै भिड लाग्छ । भारत देखि मेहन्दीको ब्यापार लिएर आएका खाईलाग्दा युबाहरुले दिनमा ४० देखि ६० जना सम्मको हातममा मेहन्दी भर्ने गर्छन । कस्तो डिजाईनको बनाउने ? त्यो आफ्नो रोजाई तर आर्कर्षक तरीकाको भरीदिने ति युबाहरु ,भारत देखि साउन महिनामा मेहन्दी भर्नकै लागि काठमाण्डौ आएका सन्तोष कुमार भन्छन हामी पनि ३ महिना जत्ति डिजाईन सिकेर आएका छौं अनिपो ग्राहकले रोजेकै डिजाईन बनाउन जान्दछ । साउन महिना भरी बसेर मेहन्दी भर्छौ त्यसपछि भारत फर्किन्र्छौ ।
उनीहरु ग्रप बनाएर बस्ने गरेको छ । एउटा हातमा मेहन्दी लागाएको एक सय रुपैया देखि डिजाईन हेरेर ५ सय सम्म लिने गर्छन् । त्यसोत यसको कमाई दिनमा ६० जना सम्मलाई भरिदिंदा कत्ति हुन्छ हामी सहज अनुमान लाउन सक्छौ ।
हरियो पहिरदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन् । जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुनेछन् ।
हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि बेडरुमको दक्षिण पूर्वी हिस्सामा हरियो रंग लगाएको खण्डमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।