असार ७ शनिबार २०७६
नेपाल मगर सास्कृतिक संघ को प्रदेश नम्बर १ तदर्थ समिति गठन गरिएको छ । प्रत्येक जिल्लामा सास्कृतिक सँघंको बिस्तार गरी मगरहरुको कला,सस्कार सस्कृति जोगाउने उदेश्यका साथ नेपाल मगर सास्कृतिक संघ केन्द्रिय समिति ,काडमाण्डौको आयोजनामा शनिबार,प्रदेश नम्बर १ तदर्थ समिति गठन भएको हो ।
प्रदेश नम्बर १ मा रहेका १४ वटै जिल्ला बाट २ जना प्रतिनिधि रहने गरि गठन गरिएको समिति मा मुल संयोजकमा भुबन झा कोटे मगर,आर्थिक संयोजक बलराम समाल मगर, प्रचारप्रसार संयोजकमा भेषु पाछे मगर, ब्याबस्थापन संयोजकमा भुपेन्द्र रिखाम मगर निर्बिरोध चयन भएकाछन । भने अन्य सदस्यहरुमा सुरेन्द्र पुलामी मगर,मोहन मगर, बिमला मगर, सिता खपाङगी मगर युटी आले मगर,मित्र रैका मगर,निताथापा मगर, भिम आले मगर, सागर थापा मगर, सुमन थापा मगर, तिलक सारु मगर,उत्तम मगर, रेजिना आले मगर, अनिता आले मगर, सुबास मगर, श्याम राना मगर, अमित थापा मगर र रमिला मगर चयन भएका छन् ।
गठन भएका तदर्थ समितिले आगामी दिनहरुमा आफुहरुले नेपाल मगर सास्कृतिक संघ को हितका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
कार्यक्रमको प्रमुख अतिथि तथा लामो समय मगरहरुको भाषा,सस्कृतिको बिषयमा आवाज उठाईरहनु भएका मगर सस्कृति विद संजोक लाफा मगरले, भाषा,लिपी,कला, सस्कृति तथा साहित्य रहे जातियताकोे अस्तित्व रहने र जातियताको अस्तित्व रहेमात्र राष्ट्रियताको अस्तित्व रहने भन्दै आफ्नो भाषा, सस्कृतिलाई जोगाई राख्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका सभापति ,नेपाल मगर सास्कृतिक संघ को उपाध्यक्ष देबराज आले मगरले पनि आफ्नो संस्कार,कला संस्कृति लाई माथि उठाउन सबैले आफ्नो ठाउबाट सबैसँग हातोमालो गर्दे अगाडी जानुपर्ने उल्लेख गर्नुभयो ।
काठमाण्डौको धुम्बराही स्थित मुनलाईट क्याफेमा भएको कार्यक्रममा मगर हुर्रा तथा सास्कृति संरक्षण केन्द्रिय समितिका सल्लाहकार तथा समाजसेबि प्रदिप थापा मगर , मगर चलचित्रका प्रथम नायिका तारा थापा मगर लगाएत को उपस्थिति रहेको थियो ।