आज वि.सं. २०७५ साल चैत १३ गते बुधबार अँग्रेजी पात्र अनुसार सन् २०१९ मार्च २७ तारिख नेपाल संवत् ११३९ चिल्लागा चैत्र कृष्णपक्षको सप्तमी तिथि
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिहुनेहरुका लागि आजको दिन चुनौतीपूर्ण कामको जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थिति देखिए पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ। दिउँसोदेखि अध्यात्म र परोपकारमा मन जानेछ। आत्मविश्वास र लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आज तपाईको प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि सानातिना समस्यामा अलमलिनुपर्ने हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूर्ण नहुन सक्छ प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। कमजोर नतिजा सच्याउन प्रयत्न दोहोर्याउनुपला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ वादविवादबाट सजग रहनुहोला दिउँसोदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। दिउँसोदेखि परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। प्रतिस्पर्धीले आफ्नो ठाउँ लिने चेष्टा गर्नेछन् मिहिनेत गर्दा चुनौती पन्छाउन सफल भइने योग देखिन्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले फाइदा हुनेछ।दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ अलि ध्यान दिएर अगाडी बढ्नुहोला ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
अवसर प्राप्त भए पनि ठूलाको वचन हार्न नसक्दा दुःख पाइनेछ। बोलीको प्रभावले वादविवाद निम्त्याउने देखिएकाले सजग रहनुपर्ला दिउँसोदेखि आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बलभन्दा बुद्धिले लक्ष्यमा पुर्याउन सक्छ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईको आज आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान पनि दिलाउनेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तर्पाईको आज खचपछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि हौसला प्रदान गर्ने योग रहेको छ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। केही फजुल खर्च बढाउनेछ। आँटेको काममा केही बाधा हुन सक्छ बुिद्ध पुराएर काम गर्नुहोला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
तपाईको आजको दिन अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि हुनेहरुका लागि आजको दिन तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि परिस्थितिको चक्रमा अलमलिनुपर्ला। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ।, सजग रहनुहोला ।
मेहनत गर्नुहोस कर्म गर्नुहोस कर्मले तपाईको भाग्य आफै बलियो बन्नेछ । शुभ दिन शुभ समय