सोलुखुम्बुमा चौरी गाँइको घिउको मूल्य बढेको छ । चौरीको घिउ पहिले भन्दा प्रतिकेजि १ सय रुपैयाँले बढेको हो । प्रति केजी एक हजार रुपैयामा बिक्री हुँदै आएको घिउ केही हप्तादेखि प्रति केजी १ हजार १ सय रुपैयाँ पुगेको ब्यापारी दावा शेर्पाले बताउनुभयो ।
चौरिपालकको संख्यामा कमी आउँदा घिउको मूल्य बढेको बताइएको छ । सोलुखुम्ुबुमै पालेका चौरी गाईको घिउ बिभिन्न जिल्लामा अत्याधिक माग हुने गरेका भए पनि माग पुरा गर्न नसकेको ब्यापारी माया शेर्पाले बताउनुभयो ।
सोलुखुम्बुमा पछिल्लो समय चौरी पालनमा कमि आएको याक तथा चौरी ब्याबसायी संघ सोलुखुम्बुका अध्यक्ष नूरु शेर्पाले बताउनुभयो । आज भन्दा लगभग १० बर्ष अगाडी चौरी गणना गरिएपनि त्यसपछि नेपालमा चौरीको संख्या कति छ भनेर गणना नगरिएको पनि चौरी ब्याबसायी संघ सोलुखुम्बुका अध्यक्ष शेर्पाले बताउनुभयो ।