उत्पादन भएअनुसार स्याउको मूल्य नपाउने कृषक पेम्बा शेर्पाले गुनासो गर्नुभएको छ । सोलुदुधकुण्ड नगरपालिका ९ का गोराखानी बहुदेश्य कृषि फाम सञ्चालक शेर्पाले अघिल्लो बर्ष लगभग ४ कुईन्टल जति स्याउ उत्पादन भएपनि बेच्ने बजारको अभाव हुदा आफुहरुले कम मूल्यमा स्याउ बेच्नुपर्ने बाध्यता संगै उत्पादन भएको स्याउलाई टिपेर भण्डारण गर्ने ठाँउ नहुँदा अर्को समस्या भएको बताउन’भएको छ ।
बिभिन्न प्रकारका स्याउ गत बर्ष शेर्पाले केजीको ४० रुपैया र प्रतिदाना १० रुपैयाले बेचेको थियो । सदरमुकाम सम्म स्याउ ल्याउनका लागि पनि कच्ची सडक मा भनेको समयमा यातायात नपुग्दा ढुवानीमा समस्या आउने उहाँले बताउनुभयो ।
गोराखानी बहुउदेश्य कृषि फाममा लगाएको ८५० बोटमा यो बर्ष पनि निक्कै स्याउ उत्पादन हुने शेर्पाको अनुमान छ ।