२०७७ पौष २४ गते
यमुना मगर
सोलुखुम्बु को पर्यटकिय स्थल पत्ताले, दिनहु रुपमा आन्तरीक पर्यटकहरुले पाईला राखिरहने ठाँउ हो ।त्यही पर्यटकहरुको आगमनलाई ध्यानमा राख्दै बनाएको हिमाली होमस्टे यतिबेला ग्राहकहरुको रोजाइमा पर्न थालेको छ । सगरमाथा लगाएतका अन्य हिमालहरु साथै रमणिय स्थलहरु हेर्नका लागि बिभिन्न जिल्लाहरुबाट मानिसहरु पत्ताले आउने गरेका छन, होमस्टेका सञ्चालक राजकुमार मगरका अनुसार ,यसरी टाढा टाढा बाट मानिसहरु आउने ,रमाउने ,खाने रमाइलो गर्ने राम्रो ठाँउ बनेको छ, हिमाली होमस्टे ।

अहिलेका मनिसहरु सफा संगै मिठो परीकारहरु रुचाउने गर्छन, यो बिशेषताले पनि सायदै, हिमाली होमस्टे मानिहरुको रोजाईमा पर्न थालेको हो । बिभिन्न कर्मचारी लगायत नेपालका चर्चित ब्यक्तिहरु समेत आउने गरेको सञ्चालक मगरको भनाई छ ।
बिश्वमा फैलिरहेको कोभिड १९ का कारण केही समय बन्द भएको यो होमस्टे बिभिन्न मापदण्ड पुरा गर्दे पुन सञ्चालनमा आएको छ ।