म्ंसिर ११ बुधबार २०७६
काठमाण्डौ - हरियो तरकारीको मुल्य घटिरहेको बेला प्याज भने छोईनसक्नु भएको छ । सरकारी तथ्याङ्कअनुसार दुई महिनाको अबधिमा गोलभेडा ,रातोआलु,ूस्थानिय काउली, भन्टा,बोडी, तितेकरेला लौका,फर्सि लगायतको मुल्य ५ देखि ५० प्रतिशतले घटेको छ ।
दुई महिनामै प्याजको थोक मुल्य दोब्बर भएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समितीका सुचना अधिकारी बिनय श्रेष्ठले भने, प्याजको मुल्य ह्रवात्तै बढ्यो ।
भारतले निर्यात बन्द गरेपछि पर्याप्त मात्रामा प्याज भित्रिएको छैन । स्वदेशमा पनि उत्पादन छैन ।त्यसको फाईदा उठाउदै केही बिचौलियाले पनि चलखेल गरेका छन । श्रेष्ठका अनुसार भारतमै अपुग भएपछि असोज दोस्रो सातादेखि निर्यात बन्द गरेको थियोे ।
त्यसबेला नेपाली बजारमा प्याजको मुल्य प्रतिकिलो ९४ रुपैयामा बिक्री भएको थियो । त्यसयता मंसिर १० गते प्याजको होलसेल मुल्यनै १९२ देखि २ सय रुपैया निर्धारण गरिएको छ । मुल्य पसलै पिच्छे फरक हुन्छ । खुद्रा बजारमा आईपुग्दा प्रतिकिलो २५० श्रपैया सम्म बिक्री भएको समितिले जनाएको छ ।
समितीमा भित्रिने तरकारीले उपत्यकाको करिब ७५ प्रतिशत माग पुरा गर्छ । समितीमा दैनिक ८० देखि ९० टन भित्रिने प्याज अहिले ४० देखि ४५ टन मात्रै भित्रिने गरेको छ । उक्त प्याज भारतको महाराष्ट्र र कनार्टकलगाएत राज्यबाट ल्याएको आजको कान्तिपुर दैनिकमा छापिएको छ ।