Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०२:४३:०७
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
पर्यटन
  • Home
  • News
  • खुम्बु हिँडेका पर्यटक मौसम खराबीका कारण अन्त जाँदै
खुम्बु हिँडेका पर्यटक मौसम खराबीका कारण अन्त जाँदै
खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा यता आउन हिँडेका अधिकांश पर्यटक अन्यत्र जान थालेका छन् ।
भदौ ३१, २०७६ गुड मर्निङ मिडिया

भदौ ३१ मंगलबार २०७६
सोलुखुम्बु ( खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा यता आउन हिँडेका अधिकांश पर्यटक अन्यत्र जान थालेका छन् ।
काठमाण्डौबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटकहरु हवाइ सेवा प्रभावित हुनेबित्तिकै अन्नपूर्ण पदमार्ग तर्फ जान थालेका पर्यटन व्यवसायीहरुले बताएका छन् ।
सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरु खुम्बुको विकल्पको रुपमा अन्नपूर्ण क्षेत्रलाई रोज्ने गरेको पर्यटन व्यवसायी लामा काजी शेर्पाको भनाइ छ । उहाँका अनुसार ४ दिनसम्म लुक्लामा कुनै पनि उडान नहुँदा करिब ९ सयको हाराहारीमा खुम्बु आउने पर्यटकहरु अन्य पदमार्ग तर्फ लागेका हुन् ।
लुक्लाको उडान रद्ध भएपछि पर्यटकसमेत अन्नपूर्ण क्षेत्र जानेगरी गन्तव्य परिवर्तन गर्नेगरेको टानका अध्यक्ष खुम बहादुर सुबेदीले बताउनुभयो । विदेशी पर्यटकहरुको हवाइ मार्गमा चाप अत्याधिक भए पनि मौसम प्रतिकूल हुँदा समस्या भएको स्काइ नेपाल ट्रेक्स् प्रा.लि काठमाण्डौका निर्देशक बल बहादुर दर्नालले बताउनुभयो ।
खुम्बु आउने एक मात्र सहज माध्यम मानिएको हवाई सेवा प्रभावित हुँदा जिल्लाको पर्यटन क्षेत्रमा ठूलो असर परेको पर्यटन ब्यवसायीहरुको भनाई छ ।

लुक्लाको होटल भरिभराउ
मौसम प्रतिकूल भएर उडान नभएपछि लुक्लाको होटल खचाखच भरिएको छ । भ्रमणको निश्चित समय सकेर माथिल्लो क्षेत्रबाट फर्केका पर्यटकहरु उडान नहुँदा लुक्लामै बसेका छन् । विगत ४ दिनदेखि मौसम खराबीका कारण कुनै पनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका वरिष्ठ अधिकृत रोहित कर्णले जानकारी दिनुभयो ।
होटल व्यवसायी जाङमु शेर्पाका अनुसार अहिले लुक्लामा ४ सय जनाभन्दा बढी पर्यटकहरु काठमाण्डौ जानका लागि विमानको पर्खाइमा छन् । खुम्बुको माथिल्लो क्षेत्रको भ्रमण सकेर फर्केका पर्यटकहरु लुक्लामा विमानको पखाइमा बसेका हुन् ।
उपभोग्य वस्तुको मूल्य समेत बढ्ने
हवाइ सेवा अवरुद्ध हुँदा खुम्बु क्षेत्रमा खाद्यन्नको भाउ बढ्ने सम्भावना बढेको स्थानीयले बताएका छन् । खुम्बु क्षेत्रमा ढुवानी हुँदै आएको कार्गो सेवासमेत मौसमका कारण बन्द भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने पर्यटन व्यवसायी लामा काजी शेर्पाले बताउनुभयो । हवाइ सेवा अवरुद्ध हुँदा ढुवानी बन्द हुने र ढुवानी भएका खाद्यन्न समेत सकिँदै जाने भएकाले मूल्य बढ्ने उहाँको भनाइ छ ।
मजदुर भन्छन खर्च अभाव हुने भयो ।उडान नभएपछि रोजगारीको खोजीमा खुम्बु पुगेका मजदुरलाई समेत समस्या भएको छ । जिल्लाको तल्लो क्षेत्रबाट कामको सिलसिलामा खुम्बु पुगेका अधिकांश युवाहरु पर्यटक नआएपछि त्यतिकै बस्न बाध्य भएका छन् ।
रोजगारीको खोजी गर्दै लुक्ला पुगेका महाकुलुङका लक्ष्मण खालिङका अनुसार लुक्लामा सयौँ युवा पर्यटकको पर्खाइमा छन् । पर्यटकीय सिजन सुरु भएसँगै कामको खोजीमा खुम्बु पुगेकाहरु मौसम प्रतिकूलताका कारण समस्यामा परेका उहाँको भनाइ छ ।
कोठामै बसेर खाँदा खर्चसमेत सकिएको अर्का मजदुर मन कुमार राईले बताउनुभयो । जिल्लाको तल्लो क्षेत्रका स्थानीय यो सिजनमा पर्यटक भरिया, सहयोगी, सिकर्मी, डकर्मीको रुपमा खुम्बु क्षेत्र जाने प्रचलन रहेको छ । उनीहरु महत्वपूर्ण चाड दशैँ तिहारमा समेत खुम्बु क्षेत्रमै पर्यटकसँग रमाउने गर्छन् ।

source -ujyaloonline

मगलवार, भदौ ३१, २०७६, ०८:०९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
जन्तरखानीमा रहेको महभिरमा नयाँ गुफा फेला -फोटोफिचर
२०२० मा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य अपुरो
“भ्रमण वर्ष एक वर्षका लागि मात्रै होइन” पर्यटनमन्त्री भट्टराई
पर्यटन
अनुमतिबिनै आमादब्लमको चुचुरोमा १ सय ५० केजीको विशाल कुवेती झण्डा बुधबार कुवेतको आरोही टोलीले झण्डै १ सय ५० केजीको झण्डा चुचुरोमा फहराएको हो ।
64x64
कार्तिक ३०, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
पर्यटन
टानको अध्यक्षमा खुम सुवेदी विजयी ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ् नेपाल (टान) अध्यक्षमा खुमबहादुर सुवेदी निर्वा्चित हुनुभएको छ
64x64
भदौ २१, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS