भदौ २१ शनिबार २०७६
काठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ् नेपाल (टान) अध्यक्षमा खुमबहादुर सुवेदी निर्वा्चित हुनुभएको छ । सुवेदीले अध्यक्षका अर्का प्रत्यासी अन्जन थापा (कुमार) लाई ८३ मतले पछि पार्दै दुईवर्षे कार्यकालका लागि निर्बाचित हुनुभएको हो । शुक्रबार भएको टानको निर्बाचनमा सुवेदीले ५ सय २१ मत ल्याउनुभयो भने थापाले ४ सय ३८ मत प्राप्त गर्नुभएको थियो ।
कुल १३ सय १९ मतदाता सदस्य रहेकोमा ९ सय ८१ मत खसेको थियो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल,प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, निर्वा्चित हुनुभएको छ । तिनैजना उपाध्यक्ष सुवेदी समूहका हुन् ।
महासचिव पदमा थापा समूहका सरिता लामा ४ सय ८४ मत ल्याई निर्वा्चित हुनुभएको छ । उहाँका प्रत्यासी कर्मा शेर्पाले ४ सय ७१ मत प्राप्त गर्नुभएको थियो । सचिवमा थापा समूहकै दामोदर ढकाल
कोषाध्यक्षमा सुवेदी समूहका महिला उम्मेद्वार ऋतु ग्यामदान (तामाङ) निर्वा्चित हुनुभएको छ ।सहकोषाध्यक्षमा पनि सुवेदी समूहकै सूर्यकुमार श्रेष्ठ निर्बाचित हुनुभएको छ ।
यसै गरी खुला सदस्यमा सोनाम ग्याल्जेन शेर्पा, अन्य सदस्यहरुमा ङिमा दिकी शेर्पा कान्छा शेर्पा ,रामबहादुर गुरुङ मिङ्मा तेन्जी शेर्पा, प्रेमबहादुर लामा ,सनम शेर्पा र ठाकुरप्रसाद सापकोटा निर्वा्चित हुनुभएको छ ।