साउन ८ बुधबार २०७६
काठमाण्डौ — गुडमर्निङ मिडियाको लोगो सहितको झण्डा साउन ८ गते बुधबार इन्डियाको ६१२३ मिटर उचाई रहेको, स्र्टोक खाङग्री हिमालमा फहराईको छ । नेपाल ट्रेक्स गाईड कम्पनी बाट गत जुलाई १० तारिक का दिन उक्त हिमाल आरोहन गर्न जानुभएका ओङडा शेर्पाले गुडमर्निङ मिडियाको लोगो सहितको झण्डा संगै, बुधबार सफलतम पुर्बक आरोहन गर्नुभएको हो ।
उहांले गत मे २३ तारिकमा पहिलोपटक बिश्वको सर्बोच्च शिखर सगरमाथाको ,सफल रुपमा आरोहन गरिसक्नुभएको छ । साथै अन्य बिभिन्न हिमालहरु पनि सफलतापुर्वक आरोहन गरिसक्नुभएका आरोही शेर्पाले ईन्डियाको यो हिमाल अहिलेसंग ४८ औ पटकको आरोहन हो ,भने गुडमर्निङ मिडियाको लोगो सहितको झण्डा लिएर पहिलो पटक पुग्नुभएको हो । यसका साथै उहां सबैभन्दा धेरै पटक उक्त हिमाल चढ्ने पहिलो नेपाली हुनुहुन्छ । इन्डियाकै अर्को गुलाब खाङग्री हिमाल चढ्न पहिलोपटक आउदो अगष्टमा जाने, आरोही शेर्पाले जानकारी दिनुभएको छ ।
आगमाी दिनहरुमा गुडमर्निङ मिडियाको लोगो सहितको झण्डा बिश्वको सर्बोच्च शिखर सगरमाथा लगाएत अन्य देशहरुको हिमालमा पनि फहराउने गुडमर्निङ मिडियाको लक्ष्य रहेको छ ।