वङ्डा शेर्पाको प्हिलो पटक सगरमाथा चढ्दाको अनुभब
असार १७ मंगलबार २०७६
साविकको पात्ले ३ हाल मोलुङ गाउँपालीका वडा नम्बर ७ सुर्के ओखलढुंगा निवासी बुवा गेल्जे शेर्पा तथा आमा सर्किनी शेर्पाका माईला छोरा हुन वङ्डा शेर्पा । २०४३ साल चैत्र ३ गते जन्मिएका वङ्डा को बाल्यकाल खास्सै रमाईलो र सुखसाथ बितेन दुखसंग सँघर्ष को जुधाई सम्झिदा अझै मन रुन्छ उहां भन्नुहुन्छ । त्यो बेला पढ्नको लागि ४ घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता संगै घरमा दुख भएपछि उहांले १ कक्षा पढ्नुभएको छ ।
पढाई छोडेपछि ९ बर्षको कलिलो उमेर मामासँग भारी बोकेर ट्रेकिङ जानुभयो । परीवारमा १४ जना सदस्यको जिम्मेवारी पनि थपिएको थियो । भारी बोकेर ट्रेकिङ जांदा विदेशीहरु अंगे्रजी बोलेको सुनेर वङडालाई पनि बोल्न मन लाग्थ्यो तर सम्भव थिएन । यसरी काम गर्दै जांदा बिदेशीको टिप्स र आफ्नो पारीश्रमिक रामै्र पाउन थाले, त्यो बेलाको खुसि अर्कै थियो शेर्पा भन्नुहुन्छ । पैसा कमाउदै गएपछि त्यही पैसाले राजधानीमा अंग्रेजी सिक्ने थाले निरन्तर ६ बर्ष अंग्रेजी सिकेपछि वङडालाई कुनै समस्या भएन । बिस्तारै असिस्टेन गाईड हुदै अहिले गाईड बने ।
सँगसँगै बिभिन्न हिमालहरुको आरोहन गर्दै पहिलो पल्ट विश्वको सर्बोच्च शिखर सगरमाथा को चुचुरोमा मे २३ तारीक अर्थात २०७६ जेष्ठ ९ गते को दिन बिहान ५ बजेर २३ मिनेट जांदा पाईला राख्न समेत सफल बने ।

यो भन्दा अगाडी माउन्टेन आइसल्यान्ड पिक हिमाल ६२ पटक ,मेरापिक २५ पटक ,लबुचे हिमाल २३ पटक , आमादब्लम हिमाल १ पटक,लोत्से हिमाल १ पटक, इन्डियाको स्टोक खाङ्ग्रि र अन्य गरी ४० पटक सफल रुपले आरोहन गरीसक्नुभएको छ ।
“पहिलो पटक सगरमाथाको टुप्पो पुग्दा उत्साहित सँगै हर कुरा सपना जस्तै लाग्दोरहेछ ।” उहांले भन्नुभयो । बेसक्याम्प देखिनै मनमा भने अलि अलि डर लागिरहेकै थियो । जे हुन्छ हुन्छ भन्ने हिम्मत जुटाएर अगाडी बढे क्याम्प १ क्याम्प २ हुदै बिस्तारै जादै थिएं बाटो मा हिउंभित्र लास बवारिसे लासहरु देखेर मन फेरी अत्तालियो ,देखेका कुराहरुको वास्ता नगरी अगाडी बढीरहे पांचौ दिनमा सफल आरोहन गरे । “बिहानी पखको ५ बजेर २३ मिनेट जांदा म सगरमाथाको चुचुरोमा पुगे विश्वको शिखर लाई चुमेर टासिंदा आफुलाई खुसीले सिमा नाघिसकेछ आफु कतै सपनामै छुकि भन्ने पनि लाग्यो” त्यो दिनको खुसि साट्दै वङ्डाले भन्नुभयो ।
हिम्मत साहस आफुले जुटाउनुपर्ने रहेछ बाकी सब राम्रो हुनेमा विस्वास राख्दै आगामी दिनहरुमा पनि सगरमाथा चढ्न सक्ने शेर्पा बताउनुहुन्छ ।“ उहाँ भन्नुहुन्छ विश्व किर्तिमान राख्ने अग्रजहरुलाई सरकारले सम्मान गर्दैन र दुख लाग्छ ।”