असोज ९ बिहिबार २०७६
काठमाण्डौ —समय आधुनिकतामा छ । अहिले सबैले समय बिताउनकै लागि युटुब अत्याधिक मात्रामा हेर्ने गर्छन । साना बच्चाहरु देखि वुवाआमा सम्म । युटुबमा समय दिएपछि कसैले समय गएको पत्तो समेत पाउदैन । धेरै मानिसहरुले समय बिताउन मात्रै युटुबमा आउने बिभिन्न गतिबिधिहरु हेर्ने गर्छन जहाँ राम्रो नराम्रो सबै कुराहरु हुने गर्छन । तर केही ब्यक्तिहरु युटुब बाट नया कुराहरु सिक्दै आफुलाई बाच्न सक्ने आधार बनाउछन । जुन कुराहरुले ज्ञान दिने र आत्मनिर्भर बनाछन् ।




तस्बिरमा देखिएका धागोबाट बनाएका आर्कर्षक बुनाई कोपिला राना मगरले युटुबमा हेरेर सिकेर, बुनेकी हुन ।
२३ बर्षकी कोपिला राना मगरको घर सोलुखुम्बुको तिङला हो । उनी काठमाण्डौ आएको लगभग ३ बर्ष बितेको छ । कोपिला यो समय, यसरी आफुले जानेको सिप लाई बजार सम्म पुराउनुमा ब्यस्त छिन ।
आजभोली उनलाई पसल —पसल बाट अर्डर आउन थालेको छ । उनी भन्छिन “मैले एकजना साथीले युटुबबाट सिअर गरेको देखे त्यसलाई खोलेर हेरे हेर्दा निक्कै राम्रो लाग्यो अनि त्यस्तैअरु पनि भिडियो हेर्न थाले पहिले निक्कै अफ्ठ्यारो होला भन्ने लाग्या,े तर केही समय हेरेपछि त्यस्तै गर्न थाले तीन चर दिनमै जाने ,संगै सिक्न थालेका साथीहरुले अहिलेसम्म थानेको छैन तर मैले छिटै सिके युटुबले प्रयोग गर्न जान्यो भने अथवा यस्ते काम लाग्ने भिडियोहरु हेर्यो भने राम्रो कुरा सिकाउछ जस्तै मलाई पनि सिकायो यो सबै मैले युटुबमै हेरेर सिकेको अहिलेत अर्डर दिनका दिन आउन थाल्याछ” ।




कोपिला निक्कै मेहनतका साथ यसरी आर्कर्षक बच्चाहरु देखि ठुलासम्मका टोपि, मखलर,सोइटर गलबन्दी , रुमाल साथै धागोबाट बन्ने अन्य सामानहरु पनि बुन्ने गर्छिन । जाडो महिना लाग्दै गर्दा उनको यो सिपले अझै बजार पाउनेमा उनि ढुक्क छिन ।
सामानको मुल्य भने मेहनत, साथमा लागेको समय, बनाउदा लागेको धागो अनुसारको हुने उनको भनाई छ ।
सामाजिक सञ्जालमा यतिकै समय खेर फाल्नुभन्दा यसरी केही ज्ञान लिएर आफैले केही गर्न सके आफ्नो कमजोर आर्थिक स्थिति लाई अरुको माझमा देखाउनु नपर्ने उनी बताउछिन ।



बिहिवार, आश्विन ९, २०७६, ०९:०९:००