दैलेखमा जन्मिएकी २१ बर्षिय धना परियार ३ बर्षको हुदा आगोमा जलिन ,तर भाग्यबस उनी बाच्न सफल भयो । गुडमर्निङ मिडियाले धना सँग कुराकानी गर्दा बिगतका त्यो दिनहरु सम्झेर धना निकै भाबुक बनिन् । आगोमा परेर उहाको अनुहार ,हात, टाउको जलेको छ । यि सब जलेर पनि गाउनकै लागि भगवानले दिएको आवाज भने कहिल्यै जलेन । पछिल्लो समयमा केही मिडियाले कुराकानी गरेर उनको आवाज लाई सबैको सामु देखाएपछि उनी सामाजिक सञ्जाल मा समेत भाईरल बनेकी थिईन ।
उनको जादुमय आबाज सुनेपछि उनको स्वरलाई धेरैले बहुचर्चित गायिका बिष्णु माझी को सँज्ञा दिन थाले, झट्ट सुन्दा बिष्णु कै जस्तो लाग्ने उनको जादुमय स्वरलाई जोकोहीले पनि दाज्न स्वभाबिक हो । तर उनी भन्छिन दर्शक श्रोताले आफुलाई त्यत्ती ठुलो चर्चित गायिका बिष्णु माझी सँग दाजेको मा खुसी र दुखि दुबै भएको बताईन ।
खुसि यस अर्थमा कि सर्बाधिक चर्चाको शिखरमा रहेकी गायिका सँग आफ्नो नाम जोडीनु सानो कुरा नभएको उनको भनाई छ ।
दुखि यस अर्थमा कि आफु बिष्णु माझी जत्तिको बन्नलाई आफुले निक्कै सँघर्ष गर्नुपर्ने भएकोले अहिलनै बिष्णु माझी जस्तै नभएको बताईन निक्कै मेहनत गर्नुपर्छ उनले भनिन् ।
भन्निछ सुख हँुदा सबै नजिक दुख पर्दा आफन्त पनि टाढा भनेजस्तै त्यस्तै धनालाई पनि पढाईमा गरेको खर्च समेत तिर्नुपर्छ भनेर आफ्नै दाजुभाउजुले भन्दा मन थाम्नै नसकेको धनाको दुखेसो छ ।
अहिले धना काडमाण्डौमा फुपु सँग बस्छिन,गायनमा अगाडी बढाउछिन । फुपु कमला को पनि आवाज उनको भन्दा कमि छैन,
बाकी कुरा गुडमर्निङ मिडियाले गरेको भिडियो हेर्नुहोस