अल्ट्रा धाविका मिरा राईले ट्रेल रेसको लागि नेपाल एक सम्भावना बोकेको देश भएकोले नेपालमा यसको विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले गुड मर्निङ मिडियासँग कुराकानि गर्नुहुँदै नेपालको भूगोल ट्रेल रेसको लागि उपयुक्त रहेको उल्लेख गर्नुहुँदै नेपाल सरकारले ट्रेल रेसलाई विस्तार गर्न सकेमा स्थानिय स्तरमा रहेका सम्भावनाहरुलाई अगाडि ल्याउन सकिने कुरामा आफु विश्वस्त रहेको समेत विचार प्रष्ट पार्नुभयो ।
अल्ट्रा धाविका मिरा राईले अहिले मिरा राई ईनिसिटिभ फाउन्डेसनको एक्सचेन्ज इम्पावर कार्यक्रमबाट ५ जनालाई ट्रेल रेसको लागि सहयोग गरिरहनुभएको छ । स्थानिय स्तरमा रहेका सम्भावनाहरुलाई उज्जागर गर्ने उद्धेश्यले धाविका राईले जुम्ला, सिन्धुपाल्चोक, काठमाडौँ र ओखलढुंगा देशको विभिन्न ५ ठाउँका ५ जनालाई प्रशिक्षणको साथमा तालिम प्रदान गरिरहनुभएको छ । उहाँले ५ जना प्रशिक्षार्थिहरुलाई हङकङमा भएको प्रतियोगितामा सहभागि गराउनुभएको थियो भने जसबाट राम्रो नतिजा आईसकेको पनि धाविका राईले जानकारी दिनुभयो ।
व्यक्ति स्वयमले मात्र चाहेर नहुने भन्दै युवाहरुलाई हौसला र अवसरको खाँचो रहेको बताउनुहुदैँ आगामि दिनमा नेपाल सरकारले सहयोग गर्ने कुरामा आफू आशावादि रहेको उल्लेख गर्नुभयो ।