हरेक मानिसले देख्ने सपनाको आकार अनुसारको संघर्ष जरुरी छ । जति ठूलो सपना, त्यति नै ठूलो मेहनत अनि त्याग साथमा जोखिम मोल्न पनि तयार हुनुपर्छ ।
त्यही मेहनतका साथमा संघर्ष जारी राख्नु भएका सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको बाल्यकाल र संघर्षका कुरालाई यहाँ उतारेका छौ ।मेयर शेर्पाको यो संघर्षको कथा सोलु एफ एममा प्रशारण भैसकेको छ ।
स्वागत छ मेयर साब तपाई लाई
ह्जुर धन्यबाद
आज हामी तपाईको बाल्यकाल र अहिलेसम्म याहाँ सम्म आईपुग्दा गर्नुभएका संघर्ष र सफलतालाई समेट्छौ,तपाईको बाल्यकाल कहाँ र कसरी बित्यो ?
म बिस २०३७ साल फागुन ८ गतेका दिन बुवा दावा वाङछु शेर्पा तथा आमा कान्छी मायाँ शेर्पाको कोखबाट सोलुखुम्बुकै हालको सोलुदुधकुण्ड नगरपालिका २ साबिकको बेनी गाबिस जुनबेशीको मोपुङ भन्ने गाँउमा जन्मिएको हुँ । जुनबेशी मावि बाटै मैले एसएलसी गरेको हुँ र उच्च शिक्षा हासिल गर्नका लागि काठमाण्डौ गएँ उतै उच्च शिक्षा हासि गरे त्यसपछि पर्यटन व्याबसायमा लागे र अलि — अलि समाज सेवामा पनि लागे त्यसपछि राजनितिमा पनि लागे ,२०६२ ÷६३ को जन—आन्दोलनमा पनि सहभागी भएर नेपाल बिधार्थी संघको कार्यसमितीमा बसेर सक्रिय रुपमा भुमिका निर्वाह गरे र संविधान सभाको निर्वाचन पछि राज्यको पुन संरचना भो र मलाई २०७४ सालको स्थानिय निर्वाचनमा पार्टीले विस्वास गरेर सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखको टिकट दियो र म निर्वार्चित पनि भएँ र हाल म दोस्रो कार्यकालमा छु ।
अलिकति अगाडी जाम न पारिवारीक अबस्था कस्तो थियो ?
मेरो पारिवारीक पृष्ठभुमि भनेको एकदमै नाजुक नै थियो भन्नुपर्छ । किनकी बुवाआमा खेति किसानी नै गरेर हाम्रो लालन पालन गर्नुहुन्थयो,ठुलो परिवार आर्थिक अबस्था कमजोर थियो । फेरी ९ बर्षको उमेरमै मेले बुवालाई गुमाए ,त्यसपछि मैले विधालय जान पनि छाडे र केहि समय पछि फेरि विधालय सूरु गरे । हुनत त्यो बेला गाँउमा सबैको पारिवारीक अबस्था उस्तै नै थियो । त्यसैले याहाँ सम्म आउनलाई त निकै संघर्ष नै गरेको छु ।
उच्च शिक्षा हासिल गर्न राजधानी पुग्नुभयो घरको आर्थिक अवस्था पनि कमजोर थियो,पढाई खर्च कसरी धान्नुहुन्थयो त ?
२०५८ सालको मंसिर महिनामा मैले पहिलो पटक काठमाण्डौमा पाईला टेकेको हुँ । त्यहाँ पनि धेरै संघर्ष गरेको छु ,भनि साध्य छैन , पछि पढ्दै जाँदा अलिअलि पर्यटन क्षेत्रमा लागे,गैरसरकारी संस्थामा काम गर्ने मौका मिल्यो,त्यसले गर्दा बाहिरी देशको साथीहरुसंग सम्बन्ध बढ्दै गयो जसले गर्दा चै मेरो पर्यटन व्याबसायमा पनि राम्रो फाईदा पुग्यो र आर्थिक अवस्था पनि पहिलेको भन्दा मजबुद बन्दै,गयो २ ÷४ बर्ष त निकै समस्या संग संघर्ष गरे पछि उच्च शिक्षा हासिल गरेपछि राजनितिमा पनि लागे गैरसरकारी संस्था बाट हिमालयन प्रोजेक्ट आफैले स्थापना गरे, त्यस संस्थालेसोलुको लिखुपिके सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा राम्रो काम गरेको छ । त्यस्तै भुकम्प र कोभिडको वेलामा पनि राम्रो काम गरेको थियो । अहिले चाँही अघि पनि भने मैले त्यो सबै छाडेर नगरप्रमुखको दोस्रो कार्यकालमा छु ।
हिजो गैरसरकारी संस्थाबाट समाज सेवा गर्दै आउनुभएको तपाई ,आज राजनिति मार्फत जनताको माँझमा हुनुहुन्छ के फरक रहेछ यि दुई कुरामा ?
राजनिति र समाजसेवा बिल्कुल फरक कुराहरु हुन । मान्छेले दुबै समाजसेवा हो भनेपनि मलाई त्यो लाग्दैन किनकी समाजसेवा गर्न सजिलो छ , राजनिति गर्न चुनौती छ । किनकी संस्थाबाट सामाजिक काम गर्दा चाँही पुरै सामाज सेवा मात्रै भयो, तर जनप्रतिनिधि भएर काम गर्दा चाँही,स्थानिय पोलेसी मेकिङका कुरा देखि नगरपालिका लाई कसरी समृद्ध बनाउने ?कस्तो बनाउने ? भन्ने भुमिकाहरु ख्ोल्नु पर्छ ,राजतिनी समाजसेवा भनिएपनि चुनौतीपुर्ण छ ।
सोच्नुभएको थियो ? राजनितिमा यसरी उदय हुन्छ भनेर ?
यसरी राजनितीमै लाग्छु भनेर त मैले राजनिति गरेको थिएन । तर नेपाल बिधार्थी संघमा काम गर्दा संघगठन बिस्तारमा लाग्नुपर्ने,जन आन्दोलनमा जानुपर्ने कतिपय कामहरु ल्ुकिछिपि गर्नुपर्ने,त्यस्तो पनि थियो । पछि जनआन्दोलन सफल भएपछि अझै शसक्त ढंगले लागियोे भनुम न साथै एक नागरिकको हिसाबले राजनितीमा सक्रिय हुनुपर्छ ,राजनिति भनेको देशको प्रमुख निति हो ।एउटा सचेत नागरिकले राजनितिमा चासो देखाउन सक्यो भने मात्रै सबै क्षेत्रमा परिवर्तण गर्न सक्छ भन्ने ज्ञान चाँही मलाई थियो ।
पहिलो पटक नै चुनाब जित्दा चाँही कस्तो फिल गर्नुभयो ?
पक्कै पनि जनताले अमुल्य मत दिएर जिताएको,मनमा एक खालको उत्साह त थियो नै तर उत्साह संगै चुनौति पनि थियो मेरो लागि,र जनताको मतको कदर गर्दै जनताप्रति उत्तरदायि हुनुपर्छ भन्ने चाँही सधै महशुस हुन्थ्यो र त्यही अनुसार काम गर्दैछु र फेरि पनि मैले गरेका काम प्रति विस्वास गरेर दोस्रो कार्यकालका लागि पनि नगरपालिकाको प्रमुखमा नगरवासीले जिताउनुभो त्यो म प्रति वहाँहरुको विस्वास हो । त्यसैले म जनताकै हितमा काम गर्नेछु यो कुरा मैले सँधै भन्दै आएको पनि छु ।
बाल्यकालको साथीहरु संग भेटघाट कत्तिको हुन्छ ? तपाई जनप्रतिनिधि भएर काम गर्दा उनीहरुले कस्तो प्रतिकृया दिन्छन ?
अहिले सबै सम्पर्कमा छन । म जनप्रतिनिधि भएपछि धेरैले अझै म प्रति चासो देखाउनुभो,खुसि हुनुभो,टाढा भएकाहरुले फोन गर्नुभो, संगै पढेको संगै खेलेको एउटा साथी जनप्रतिनिधि हुँदा सबै साथीहरु खुसी हुनुभो । वहाँहरु कहिले सेवाग्राही बनेर आउनुहुन्छ भेटघाट हुन्छ ।
बाल्यकालमा भएका केहि कुराहरु जो कहिल्यै नविर्सने त्यस्तो कुनै क्षण छ ?
हजुर छ बाल्यकाल यसै पनि सबैको रमाईलो नै हुन्छ मेरो पनि छ ,बाल्यकालमा स्कुल जान भनेर घरबाट जाने तर साथीहरु संग बाटोमा खेलेर स्कुल नगई घर फर्किन्थे, पछि बुवा आमा लाई बोलाएर सरहरुले छोरा स्कुल किन नआएको भनेर सोध्नुहुन्थयो रहेछ अनि आमाले घर आएपछि गाली गर्नुहुन्थयो र सम्झाउनु हुन्थ्यो, अझै सम्झना आँउछ ,जिवनमा धेरै संघर्ष दुख गर्नुपरे पनि यो चाँही बाल्यकालको रमाईलो र नबिर्सने क्षण हो मेरो ।
बाल्यकाल देखि आज सम्म भएका दुखसुख ,संघर्ष र सफलताका कुरा कसैसंग खोल्नुभएको छ ?
छैन आज पहिलो पटक तपाईको कार्यक्रम संघर्षको कथामा भन्दैछु । नत्र आज सम्म मेरो यि सबै कुरा कसैसंग गरेको छैन । पहिलो पटक मेरो बाल्यकाल देखिको आज सम्मको कुरालाई भन्ने अवसर दिनुभो तपाईलाई धेरै धेरै धन्यबाद ।
मेयर शेर्पा संग सोलु एफएमको कार्यक्रम संघर्षको कथाका लागि कुराकानी गरेका थियौँ ।