असार २० शुक्रबार २०७६
काठमाण्डौ —बारा जिल्ला बाट २०६५ सालमा काण्ठमाण्डौ आएकी हुन सम्झना बिक अहिले ६३ बर्ष पुगिन् । र पनि झट्ट हेर्दा ६३ बर्ष पुगेको जस्तो देखिन्न ।यो उमेरमा पनि उनी चाबहिल बाट हरीयो मकै ल्याएर पालेर बेच्छिन् । कपन रामहिटी देखि प्रगतीचोक सम्म मकै बेच्नु उनको दिनचर्या बनेको छ । काठमाण्डौं मा निक्कै गर्मि बढेको छ ,त्यस ैमाथी मकै पोल्न दाउराको आगोमा हाल्नुपर्छ ,अनि मकै र आगो संगै ठेलामा हालेर ठेल्नुपर्छ । सम्भिंmदा गाह्रो लाग्छ ।तर सम्झनालाई भने यो काम गर्न सजिलो छ । उनि भन्छिन “दिनकै यहि काम भएपछि सजिलै लाग्छ तर चर्को घाम लाग्दा चाहिं आगोमा रापिनु अलि गाह्रो हुन्छ नत्र बानी परिसके”
यो काम भने उनले बाध्यताले भने गरेको होईन छोरा ब्यवसायमा ब्यस्त बुहारी अफिस नातानातिनाहरु सबै बिधालय, दिनभरी आफु के गर्ने ?आफुलाई दिनभरी बस्नै मन नलाग्ने,त्यसपछि उनको मनले सक्ने काम गर्छु भन्ने लागेर मकै पोलेर बेच्न थालेको उनि बताउछिन् ।
“यो काम गर्दा छोराबुहारीले नगर्नु भनेर धेरै पटक भने तर मानिन एक दिन त मेरो मकै बोक्ने ठेला नै बेचिदेछन मलाई थाहा नै नदिई मकै बेचेकै पैसा राखेकी थिए फेरी त्यै पैसाले ठेला किने ,त्यसपछि चाही उनीहरुले आमालाई नसक्ने भयो भनेर मलाई केही भनेनन्, अहिलेत म दिनमा थोरैमा पनि ५ सय देखि ८ सय सम्म नाफा राख्छु केही पर्दा परिवारमा काम चलाउछु । सक्ने सम्म त गर्नु परोनी यसै किन बस्नु हैन ?” जांगर का साथ सम्झनाले भनिन् ।
तर सम्झनालाई आज भन्दा २२ बर्ष पुरानो कुराले भने अझै झस्काउछ । बुढो को न्यानो काख र साथ छुटेको समय, छोराछोरी कोही २ बर्षको कोही ६ बर्षका थिए । त्यो संकटकाल को बेलामा मेरो बुढोलाई गाउंघरकै शत्रुहरुले माओवादी हो भनिदिए पछि बुढोलाई मर्नेगरी पिटेको महिना दिनमै जिवन बाटै बुढाबुढी टाढिनु पर्दाको पिडा सम्झनाले आखामा आशु पार्दै पोखिन् । 
त्यसपछिको दिनहरु उनलाई निक्कै असह्य भयो केही समय गाउंमै दुख गरिन् अरुको काम गरेरै छोराछोरी हुकाएँ, छोराछोरीले आमाको पिडा थाहा पाएपछि काठमाण्डौं जाने उतै दुखसुख गर्ने बताएपछि उनलाई खुसिको दिनहरु आएछन् छोराछोरी बुज्ने भएछन् भन्ने लाग्यो अनि काठमाण्डौं आईन् ।
“अहिले सबै दुख पिर बिर्सिएर छोराछोरीको आफ्नो आफ्नो प्रगती हेर्दैछु साथमा छोराछोरी छन खुसि लाग्छ । जिन्दगी भनेको दुख सुख दुबै हो । म जस्ता कत्ति होलान् उहाँहरुलाई त म यहि भन्छु” उनले फेरी पिडालाई खुशी र हिम्मत मा बदल्दै भनिन् ।