मेष ः अरूको भर पर्दा लक्ष्यमा पुग्न समस्या पर्नेछ। पारिवारिक समस्याले काममा विलम्ब हुन सक्छ। तापनि आफन्तको सहयोग जुट्नाले चिताएको काम बन्नेछ। अध्ययनमा विशेष प्रगति हुनेछ। विभिन्न अवसरले पछ्याउनुका साथै नयाँ जिम्मेवारी हातलागी हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा उछिन्न सकिनेछ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलभन्दा बुद्धिले लक्ष्यमा पुर्याउन सक्छ। व्यवसायले रमाइलो यात्रा गराउनेछ। निम्तो आए पनि आतिथ्य खर्चालु हुन सक्छ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। सोमवार र मंगलवार भने पारिवारिक असमझदारीले बाधा उत्पन्न गराउला। आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला, आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ। साझेदारीमा अलि सावधान रहनुपर्ला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ। बीचमा घरेलु समस्यामा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। योजनाहरू गोप्य राख्नुहोला। सप्ताहान्तमा भौतिक साधन जुट्नेछन् भने सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले प्रतिष्ठा दिलाउनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफन्तहरू नजिकिनाले मन प्रफुल्ल हुनेछ। इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। सोमवारदेखि परिस्थितिवश केही बाधा होला। वादविवादले पनि काममा जाँगर मर्नेछ। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको भर पर्दा समस्या देखापर्ला। सप्ताहान्तमा स्थितिमा सामान्य सुधार आउनाले केही काम बन्नेछन्। आफन्तको सहयोग जुट्नाले अवरोध हट्नेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। तापनि रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सोमवारदेखि आफन्तहरू नजिकिए पनि परिस्थिति आफ्ना लागि चुनौतीपूर्ण रहनेछ। काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ। अध्ययनमा त्यत्ति ध्यान केन्द्रित नहुन सक्छ। व्यावसायिक काममा भने मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
प्रशस्त लाभ हुने काम गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। व्यापार तथा नोकरीमा फाइदा हुनेछ। सोमवार र मंगलवार खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। सरसापटमा धन बाहिरिने सम्भावना देखिए पनि पछिका लागि लगानी गर्ने मौका जुट्नेछ। यत्न गर्दा लामो यात्रा होला। सोखले खर्च निम्त्याउन सक्छ। तापनि तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। सप्ताहान्तमा पनि भविष्यको मार्ग्चित्र कोर्ने समय छ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
प्रारम्भमा केही विवादास्पद काममा जुट्नुपरे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बीचमा परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। तापनि प्रयत्न गर्दा देश–विदेशको भ्रमण गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा रमाइलो भेटघाट हुनेछ। आफन्तको सहयोगले हौसला प्रदान गर्नेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रारम्भमा केही चुनौती देखिए पनि सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। प्रतिष्ठित काम हातपार्न सफल भइनेछ। नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। मिहिनेतको प्रतिफल तत्काल प्राप्त हुनेछ। अवसरका लागि एउटै काम दोहोर्याएर गर्नुपर्ने हुन सक्छ। केही हिस्सा खर्च भए पनि व्यवसायमा राम्रो आम्दानी हुने देखिन्छ। तर सप्ताहान्तमा भने फजुल खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आम्दानी बाहिरिनाले पनि धन सञ्चय गर्न नसकिएला ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
प्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्नेछ। अरूको स्वार्थमा उपयोग भइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तापनि सोमवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले समस्या सुल्झाउन सकिनेछ। काममा सामान्य चुनौती देखिए पनि बिस्तारै लक्ष्यमा पुग्न सफल भइनेछ। सप्ताहान्तमा आम्दानी र सामाजिक प्रतिष्ठा बढ्नेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
प्रारम्भमा रमाइलो यात्रा हुन सक्छ। प्रियभेट हुनाले मनमा आनन्द मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। तर सोमवार र मंगलवार अर्थ अभावले सताउन सक्छ। अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। बुधवारदेखि स्थितिमा सुधार आउनाले काममा जोसजाँगर बढ्नेछ। धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि रोकिएका काम बन्नेछन्।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
स्वास्थ्यचिन्ताले सताए पनि साता फलदायी नै रहनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि हातपार्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कामको सफलताले थप ऊर्जा मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नाले अधिकार र प्रतिष्ठा स्वतस् प्राप्त हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ। बीचमा झुटा आरोप वा परिस्थितिजन्य समस्या आए पनि सप्ताहान्तमा भाग्यले साथ दिनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
काममा केही अवरोध देखिए पनि पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। अध्ययनमा सफलता प्राप्त हुनेछ भने नयाँ कार्य थालनी हुन सक्छ। मिहिनेत गरेर नाम, दाम र इनाम हात पार्ने समय छ। व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। तर प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। बीचमा स्वास्थ्यचिन्ताले सताउनेछ भने सप्ताहान्तमा प्रियजनसँगको मतभेदले रमाइलो परिस्थिति खलबलिन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आम्दानी भए पनि चुनौती सामना गर्नुपर्ने योग छ ।