आज वि.सं. २०७५ साल चैत २७ गते। बुधबार अँग्रेजी पात्र अनुसार सन् २०१९ अप्रिल १० तारिख नेपाल संवत् ११३९ चौलाथ्व, चैत्र शुक्लपक्षको पञ्चमी तिथि ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुनेहरुको लागि आजको दिन प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
तपाईको आज नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। परीवारसँग रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय माध्यम खालको रहेको छ ।। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। बुद्धि प्रयोग गरेर मात्रै काम गरेको राम्रो हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आजको दिन तपाईको सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। प्रयत्न गरे पनि तत्काल काम पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ भने मिहिनेतले प्रतिफल दिलाउनेछ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुपर्ने योग देखिन्छ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
हतारमा निर्णय नगरेकै राम्रो हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
समय आज ततपाईको माध्यम खालको रहेको छ । परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ। मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ। सहयोगी र भौतिक साधनको कमीले आँटेको काममा विलम्ब हुनेछ ।बिचार पुराएर काम गर्नुहोला ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
शुभचिन्तकहरूले साथ दिनेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन्। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि लाभांश अवश्यै प्राप्त हुनेछन समय राम्रो छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
आजको दिन कुम्भ राशिहुनेहरुको लागि निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन तपाईलाई सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। मेहनत को फल राम्रै प्राप्त हुने योग देखिन्छ ।