सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सिन्दुु माध्यमिक विधालयका बिधार्थीहरुलाई पोषाक तथा ज्योकट बितरण गरेको छ । सोही बिधालयका पुर्ब बिधार्थी तथा पर्यटन ब्याबसायी सोलुदुधकुण्ड नगरपालिका १ टैबुकका देन्डि शेर्पाले बिधालयका २३० जना बिधार्थीहरुलाई ज्याकेट तथा पोषाक बितरण गरेको हो । आफुले पनि यही बिधालयमा पहिलो शिक्षा हासिल गरेको भन्दै पर्यटन ब्याबसायी शेर्पाले सोही बिधालयका बिधार्थीहरुलाई आफुले सकेको सहयोग गरेको बताउनुभयो । साथै आगामी दिनमा पनि आफुले सकेको सहयोग उक्त बिधालयका लागि गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बिधालयका पोषाक पाएपछि बिधार्थीहरु खुसि बनेका छन ।
सहयोगी आईरल्याण्डका नागरिक तथा पर्यटन ब्याबसायी शेर्पालाई बिधालय परिवार तथा अभिभावकहरुले पनि धन्यबाद ज्ञापन गरेका छन । पोशाक वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि, विधालय ब्याबस्थापन समिती का पदाधिकारी लगाएत स्थानियहरुको उपस्थिति थियो ।
source solufm