सोलुखुम्बु ः सदरमुकाम स्थित जिल्ला अस्पताल फाप्लुको सुविधा सम्पन्न भवनको उद्धघाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच सुबिधासम्पन्न भवनको उद्धघाटन गरिएको हो । नेपाल सरकार सहरी विकास मन्त्रालयको २१ करोड २१ लाखको लागतमा निमार्ण गरिएको उक्त भवनको उद्धघाटन गरिएको हो ।
लिफ्ट सहित अपांग मैत्री उक्त सुविधा सम्पन्न भवनको आज जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला र सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले सयुक्त रुपमा उद्धघाटन गर्नुभएको हो । वि.स २०७६ साल पुस २७ गतेबाट निर्माण सुरु भएको भवन गत असार २५ गते अस्पताललाई हस्तान्तरण गरिएको थियो । भवन उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दे मेयर नाम्गेल जाङबु शेर्पाले लामो समयपछि जिल्लामा सुबिधासम्पन अस्पताल भवन निमार्ण गर्न सफल भएको बताउँनुभयो । भवन निर्माण र उद्घाटन गर्न ठूलो कुरा नभई यस सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवामा समेत गुणस्तरीयता ल्याउन आवश्यक रहेको उहाँको भनाई छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले भवन जत्ति सुन्दर छ नागरिकलाई सेवा पनि उत्तिकै सुन्दर सेवा दिन स्वास्थ्य कर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।
अस्पतालका प्रमुख सानी शेर्पाले बिगतका दिनहरुमा पनि गुणस्तरीय सेवामा आफुहरु सधै लागि परेको दावी गर्दै, आगामी दिनमा पनि सेवा प्रभावकारी बनाउनमा लागी पर्ने बताउनुभयो ।
वि.स. २०२५ सालमा सर एडमन्ड लिल्लारीले स्थापना गर्नुभएको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । जस मध्ये नयाँ निमार्ण गरिएको भवन ७ रोपनी क्षेत्रफलमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन नहुँदा दशकौ देखि पुरानो भवनबाट सेवा प्रभाह हुँदै आएको थियो । भवन सञ्चालनमा आएपश्चात साँगुरो भवनबाट सेवा प्रभाह गर्नुपर्ने बाध्यताबाट अस्पताल मुक्त हुने विश्वास गरिएको छ । तर सरकारले कर्मचारीको दरबन्दी भने घटाउँदा सेवा प्रभाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
कार्यक्रममा बिभिन्न सरकारी कार्यलयका प्रमख,प्रहरी प्रमुख,तथा वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

