चैत्र ४, मंगलबार २०७६
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुमा रहेको दुधकुण्ड हिमालय आधारभूत विद्यालयमा कोरोना भाइरस सम्बन्धि अभिमुकिकरण कार्यक्रम सम्पन्न गरिएको छ । गैर सरकारी संस्था रीड नेपालको आयोजना र नगरपालिको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो । अभिमुखिकरण कार्यक्रममा विद्यालयका विद्यार्थी र शिक्षकलाई कोरोना भाइरसको लक्षण, बच्ने उपाय तथा सावधानि अपनाउनु पर्ने विषयमा जानकारी दिइएको रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशब गिरीले जानकारी दिनुभयो ।

विद्यार्थी र शिक्षकलाई सोलु हेल्थ केयरका डाक्टर राजेन्द्र बस्नेतले यस विषयमा जानकारी दिनुभयो भएको थियो । साबुन पानीले हात धुने तरिका पनि प्रयोगात्मक रुपमानै सिकाइएको जनाइएको छ । अन्य स्थानिय तहसँग पनि समन्वय गरेर अरु विद्यायमा पनि कार्यक्रम सञ्चालन गर्ने गिरीको भनाई छ । रीड नेपालका नमुना विद्यालयमा यस अघि पनि स्वास्थ्य सम्बन्धि जानकारीहरु दिने गरिएको उहाँले बताउनु भयो ।
मंगलबार आज सोलुदुधकुण्ड नगरपालिकाकै वडा नम्बर ७ गार्मा माबि मा पनि सोही कार्यक्रम गरिने शिक्षा विकास संयोजक केशब गिरीले जानकारी दिनुभयो ।

source-Solukhumbu samachar