पौष १ मंगलबार २०७६
२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको गत मंसिर ३० गते बसेको बैठकको निर्णय अनुसार नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।
बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ ।
त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।
परक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने र परीक्षामा यसअघि कम ग्रेड ल्याएका बिधार्थीले समेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।
(एसई)परीक्षा तालिका
