साउन ५ आईतबार २०७६
काठमाण्डौ — २०७५ सालमा एसईई दिएर पास भएका ओखलढुंगाको सिद्धिचरन नगरपालिका वडा नम्बर ६ भित्रका राजधानी आएर उच्च शिक्षा अध्यन गर्न चाहाने बिधार्थीहरुको लागि, करिअर काउनसेलिङ तथा एजुकेशन डेप्लबमेन्ट अभिमुखिकरण कार्यक्रम हुने भएको छ । जन्तरखानीकै पुर्ब बिधार्थी तथा युवा गौराज मगर को ब्यक्तिगत पहलमा आउदो शुक्रबार यस कार्यक्रम हुन लागेको हो ।
यस बर्ष एसईई पास भएका बिधार्थीभाई बहिनीहरुलाइ कुन बिषय पढ्ने,कुन कलेज पढ्ने आफुले ल्याएको नम्बरको आधारले कुन बिषय पढ्दा राम्रो हुन्छ ? तथा आफुले कुन इच्छाएको बिषय रोजेर पढ्ने भन्ने बिषयमा उनीहरुलार्इृ, कुनै पनि अन्योल नहोस भन्ने उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गरेको युवा गौराज मगरले जानकारी दिनुभयो ।

बिगतका समयमा आफुहरुले एसएल्सी पास भैसकेपछि यि सबै बिषयमा अनबिज्ञ भएको हुंदा भोगेको पिडा सम्झदै, अबका भाईबहिनीलाई त्यो पिडा बाट मुक्त बनाउने आफ्नो ईच्छा भएकोले आफ्नो ब्यक्तिगत पहलमै कार्यक्रमको आयोजना गरेको, गौराजको भनाई छ । यस अभिमुखिकरण कार्यक्रम बाट बिधार्थिहरु माथीका बिषयहरुमा छर्लङग बन्दै , ढुक्कका साथ आफ्नो इच्छाएको बिषय पढ्नमा नअल्मलिने भन्दै उनीहरुको लागी यो सुनौलो अबसर रहेको पनि मगरले स्पष्ट पार्नुभयो ।
कार्यक्रम आउदो शुक्रबार बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म काठमाण्डौको फैकाचोक स्थित रेन्बोकिचेन मा हुदैछ ।